• ट्रेण्डिङ्ग :
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल

देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल


  • 5.4K
    SHARES
    • चैत्र २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 8.3K Views

    देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल

    काठमाडौं, चैत २६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

    images

    उहाँले पछिल्लो दिनमा देशको समग्र विकासमा श्रोतको व्यवस्थापन चुनौतिपूर्ण विषय बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गर्नुभयो । उहाँले लगानीकर्ताहरुलाई लगानीका लागि सरकारले आकर्षित गरिरहेको बताउनुभयो । 

    यस्तै, त्यसका लागि सरकारले अध्यादेशहरुमार्फत लगानीको वातावरण सिर्जना गरेको समेत उहाँले उल्लेख गर्नुभयो । अध्यादेशहरु अहिले कानूनको रुपमा आइसकेको र कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेको भन्दै मन्त्रीपरिषद्ले छिटै पारित गर्ने बताउनुभयो । 

    उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘पछिल्लो दिनमा हाम्रो देशको समग्र विकासमा श्रोतको व्यवस्थापन एउटा चुनौतिपूर्ण विषय बन्दै गएको छ । त्यस हिसावले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन देश, दुनियाँका सबै लगानीकर्ताहरुलाई अनुरोध गरिरहेका छौँ । कानुनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेका छन् । मन्त्रीपरिषद्ले ति चिजहरुलाई छिटै पारित गर्नेछ । हामी नेपालमा लगानीमैत्री वातावरण बनाउँछौँ ।’

    उपप्रधानमन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरु रहेको बताउनुभयो । 


    तेस्रो आँखा