प्रधानमन्त्रीबाट नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदै

प्रधानमन्त्रीबाट नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदै


  • 12.7K
    SHARES
    • चैत्र ५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 19.5K Views

    प्रधानमन्त्रीबाट  नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदै

    काठमाडाैं,५ चैत्रार । मेछापको नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदैछ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने कार्यक्रम छ ।

    images

    २२०र१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु  ए जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् ।

    लिखु, खिम्ती र तामाकोसीमा निर्माणाधीन अरु जलविद्युत् आयोजनाको बिजुली समेत यही सबस्टेशनमा जोड्ने तयारी छ । नयाँ खिम्ती सबस्टेशनबाट दुई वटा प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको छ ।

    १३२ केभी प्रसारण लाइनबाट काठमाण्डौतर्फ र २२० केभी प्रसारण लाइनबाट ढल्केबरतर्फ विद्युत् प्रसारण हुने गरेको छ । नयाँ खिम्ती सबस्टेशन विद्युत् क्षमताका हिसाबले देशकै दोश्रो ठूलो हो । सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनबाट पूर्व–पश्चिम प्रसारण लाइनमा विद्युत् वितरण र विस्तार गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत प्राधिकरण

  • तेस्रो आँखा
    लेखकबाट थप