नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु


  • 2.9K
    SHARES
    • चैत्र २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.4K Views

    नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

    रौतहट, चैत २७ । रौतहटको वृन्दावन नगरपालिका वडा नं। १  स्थित आसन घाटमा नुहाउने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा  वडा नं। १ बल्लेरी  टोलका  १८ वर्षीय अर्जुन प्रजा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    images

    आसन घाटमा नुहाउने क्रममा बढि गहिराइमा पुगेका कारण भाइको ज्यान गएको मृतकका दाइ सुदिप प्रजाले बताउनुभयो ।

    वृन्दावन नगरपालिकाले बालुवा गिट्टी उत्खनन गर्दा मापदण्ड पूरा नगरेको, ८ देखि १० फिटसम्म खाल्डो खनेका कारण जोखिम बढेको वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख राम स्नेही यादवले बताउनुभयो । 

    स्थानिय सुबोध पटेलका अनुसार बालवा गिट्टी उत्खननको ठेक्का पाएका ठेकेदार कम्पनिको लापारवाहीले प्रजाको ज्यान गएकोले ठेकेदार कम्पनीलाई कारबाही हुनुपर्ने माग गर्नुभयो ।


    तेस्रो आँखा