ओखलढुंगा,५ चैत्र । स्थानीय तहको निर्वाचन पछि गाउमा सडको पहुच बृद्दि भएको छ । स्थानीय सकारका प्रमुखहरुले सडकलाई विकासको मुख्य आधार मानेर लगानी गरेसँगै दुर्गम टोल बस्तीहरुमा समेत सडक सञ्जाल पुगिसकेको छ ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित नवलपुर–चिप्लिङ–जल्किनी हुँदै घोराखोरी जोड्ने सडक निर्माण कम चानचुने कुरा थिएन । अत्यान्त विकट मानीने यो क्षेत्रमा स्थानीय तह नभइदिएकोभए सायद यो पुस्ताले गाउमा गाडि देख्न पाउने थिएनन । उनिहरुलाई राजधानी काठमाडौं सम्म पुग्नकालागी घण्टौं हिडेर रामेछाप पुग्नु पर्ने बाध्यता थियो ।
स्थानीय तहले आम नागरिकको कष्टपूर्ण यात्रालाइ सहज बनाउने उद्देश्यका साथ नवलपुर–चिप्लिङ–जल्किनी हुँदै घोराखोरी जोड्ने सडक निर्माण गरेको चम्पादेवी गाउपालिका अध्यक्ष नवराज केसीले बताए । यो सडक जोडिएपछि काठमाण्डौंको दुरी छोटिएको छ । सडक निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई राजधानी आवतजावत गर्ने निकै सहज भएको स्थानीयहरु बताउँछन् ।
करिब ३० किलोमिटर लामो सडक निर्माण भएसँगै घोराखोरीबाट काठमाडौँ ५ घण्टामै पुग्न सकिने भएको छ । यो सडक निर्माण भए सँगै यहाँका स्थानीयले रामेछापको साँघुटार– रामेछाप हुँदै मन्थलीको सडक प्रयोग गर्नु पर्ने बाध्यता हटेको चिप्लिङका स्थानीय घनश्याम घिमिरेले बताए । स्थानीय तहले दुर्गम गाउ सम्म सडक जोडर नागरिकको दैनिकीमा सहजता ल्याउने काम गरेको उनको भनाइ छ ।
भौगोलिक विकटताका बाबजुद सडक निर्माण सम्पन्न भएको र केही ठाउँमा निकै मेहनत गरेर बक्स कटिङ समेत गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।अध्यक्ष केसीको सक्रियतामा सडक जोडिएपछि सदियौँ देखि ढाकर बोकेर भरिया हिँड्ने रुटमा सडक निर्माण भएपछि स्थानीय हर्षित भएका छन् ।
सो सडक चम्पादेवी गाउँपालिकाका नागरिक मात्रै नभएर जिल्लाको लिखु र खिजीदेम्बा गाउँपालिकाका साथै सोलुखुम्बुका नागरिकलाई समेत प्रयोग गर्न सहज भएको छ ।नवलपुरमा निर्माणाधिन पक्की पुल केही महिनामा निर्माण सम्पन्न हुने निश्चित भएपछि यस सडकले यहाँका नागरिकलाई काठमाण्डौं सम्मको दुरी छोटो बनाएको अध्यक्ष केसीले तेस्रो आँखालाई बताए ।
जिल्लाकै विकट मानिएको चम्पादेवी गाउपालिकाले ‘टोलटोलमा सडक, घर घरमा धारो’ चम्पादेवी गाउ पालिकाका सबै घर उज्यालो’ नारा सहित काम सुरु गरेको थियो । उक्त नारा सहतिको योजना अनुसार चम्पादेवी गाउपालिकाले ८० प्रतिशत सफल भएको गाउपालिकाले जनाएकाे छ ।आफ्नो कार्यकाल चम्पादेवी गाउपालिकाबासी आम नागरिककै सेवा र गाउपालिकाको विकासमा खर्च भएको अध्यक्ष केसीले बताए ।
