• ट्रेण्डिङ्ग :
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा


  • 12.2K
    SHARES
    • चैत्र २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 18.7K Views

    काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

    काठमाडौँ, चैत २७ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ । 

    images

    महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको फुलचोकी आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । 

    यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ । 

    उहाँका अनुसार खासगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । 

    उहाँले यो वर्षा केही बेरमा रोकिने सम्भावना रहे पनि बिहीबार र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “यो वर्षा एकछिन रोकिए पनि राति र बिहीबार पनि पानी पर्ने सम्भावना छ । मौसम बदली भइरहने तर वर्षा पनि भइरहने सम्भावना छ ।”


    तेस्रो आँखा