• ट्रेण्डिङ्ग :
वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध

वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध


  • 10.4K
    SHARES
    • चैत्र २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 16.0K Views

    वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध

    नवलपुर, चैत २८ ।  बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    images

    उक्त स्थानमा हिजोदेखि चैत ३१ गतेसम्म गाडी रोकेर विस्तारको काम भइरहेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी चलाउन दिइएको छैन । गाडी चल्न दिने समयमा समेत अवरुद्ध भएपछि यो मार्ग भएर यात्रा गर्ने यात्रीले सास्ती भोग्दै आएका छन् । 

    अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।


    तेस्रो आँखा