• ट्रेण्डिङ्ग :
सबस्टेशन उद्घाटन  गर्न देविटारमा देउवा

सबस्टेशन उद्घाटन  गर्न देविटारमा देउवा


  • 12.0K
    SHARES
    • चैत्र ५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 18.4K Views

    सबस्टेशन उद्घाटन  गर्न  देविटारमा देउवा

    काठमाडाैं,५ चैत्र । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा रामेछापको खिम्ती पुगेका छन्  । रामेछाप स्थित नयाँ खिम्ती सबस्टेशनको उद्घाटन  गर्न देउवा आज मन्थली नगरपालिका देविटारमा पुगेका हुन् । सबस्टेशनको उद्घाटन पछि आजै काठमाडाैं फर्कने कार्यक्रम रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गाेविन्द परियारले जानकारी दिए । 

    images

    275982733_333742638717589_6252180356343856179_n.jpg

    २२०र१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती 
    जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु  ए जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् ।

    274975556_537525607756437_4547983386732631524_n.jpg

    लिखु, खिम्ती र तामाकोसीमा निर्माणाधीन अरु जलविद्युत् आयोजनाको बिजुली समेत यही सबस्टेशनमा जोड्ने तयारी छ । नयाँ खिम्ती सबस्टेशनबाट दुई वटा प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको छ ।

    १३२ केभी प्रसारण लाइनबाट काठमाण्डौतर्फ र २२० केभी प्रसारण लाइनबाट ढल्केबरतर्फ विद्युत् प्रसारण हुने गरेको छ । नयाँ खिम्ती सबस्टेशन विद्युत् क्षमताका हिसाबले देशकै दोश्रो ठूलो हो । सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनबाट पूर्व–पश्चिम प्रसारण लाइनमा विद्युत् वितरण र विस्तार गरिएको छ ।