दुर्गा प्रसाईंलाई झापाबाट जहाजमा काठमाडौं ल्याइने

दुर्गा प्रसाईंलाई झापाबाट जहाजमा काठमाडौं ल्याइने


  • 7.2K
    SHARES
    • चैत्र २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 11.0K Views

    दुर्गा प्रसाईंलाई झापाबाट जहाजमा काठमाडौं ल्याइने

    काठमाडौं, २९ चैत । राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको छ । प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाकाबाट झापा ल्याइएको हो ।

    images

    उनलाई मेची पुल क्षेत्रबाट विशेष सुरक्षा व्यवस्थासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । प्रसाईंलाई शुक्रबार नै विमानमार्फत झापाबाट काठमाडौं ल्याइने तयारी गरिएको छ । पक्राउको नेतृत्व नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो ।

    प्रसाईं १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर थिए । उक्त आन्दोलन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो । सो घटनापछि फरार भएका उनी भारततर्फ भागेका थिए । अब उनलाई काठमाडौं ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा