• ट्रेण्डिङ्ग :
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति


  • 11.2K
    SHARES
    • चैत्र २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 17.2K Views

    दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं, चैत २९ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

    images

    जिल्ला प्रहरी परिसार काठमाडौंका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो ।

    प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

    प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो ।

    तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौं ल्याइ जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।486260926_555070237149913_5088080544874350234_n.jpg

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं

  • तेस्रो आँखा