• ट्रेण्डिङ्ग :
देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा


  • 7.0K
    SHARES
    • चैत्र २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 10.7K Views

    देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौँ, चैत २९ । देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौँ, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्षा भएको हो ।  

    images

    शुक्रबार दिउँसो देशको उच्च तथा हिमाली भुभागका थोरै स्थानमा मेघजर्गनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी, शुक्रबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारयात बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।  

    साथै, सुदूपश्चिम प्रदेशलगायत देशको पहाडी भुभागका एक दुई स्थानमा मेघजर्गनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमाको केही स्थानमा हल्का वर्षा  र हिमपातकोे सम्भावना छ । 

    महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ ।
    ..


    तेस्रो आँखा