पोखरीमा डुब्दा एकजनाको मृत्यु

पोखरीमा डुब्दा एकजनाको मृत्यु


  • 7.4K
    SHARES
    • चैत्र २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 11.4K Views

    पोखरीमा डुब्दा एकजनाको मृत्यु

    दमक, चैत ३० । झापामा खेल्ने क्रममा पोखरीमा डुबेर शुक्रवार साँझ एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकामा डा न। ३ बस्ने लोक बहादुर तामाङको छोरा ९ वर्षीय कृष्ण तामाङको बाह्दशी गाउँपालिका वडा नं। २ किरात टोल नजिकको पोखरीमा डुबेर मृत्यु भएको हो । 

    images

    आफ्नी आमा सिया लामाले छोरालाई आफ्नो माइती घर अर्थात् बालकको मावल लिएर जानु भएको थियो । स्थानीय कृष्ण तामाङ घर देखी ५० मिटर पूर्व पोखरीको डिलमा दिउसो ३ बजेतिर खेल्ने क्रममा डुबेर घाइते भएपछि बालक तामाङलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उपचारको क्रममा साँझ ५ बजेतिरको समयमा बालकको मृत्यु भएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा