• ट्रेण्डिङ्ग :
शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध छ : मन्त्री तिमिल्सिना

शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध छ : मन्त्री तिमिल्सिना


  • 10.5K
    SHARES
    • चैत्र २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 16.2K Views

    शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध छ : मन्त्री तिमिल्सिना

     दाङ, ३० चैत्र । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री  जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेकाे बताउनु भएक छ । 

    images

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा  भएकाे अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनु भएको हाे।

    शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल गर्न प्रदेश सरकार तयार रहेकाे बताउनु भएको छ । `प्रदेश सरकार आगामी आर्थिक वर्षकाे याेजना र बजेट निर्माणकाे पूर्वसन्ध्यामा रहेकाे छ । यतिबेला शैक्षिक सुधार र याेजनाका विषयमा घनिभूत छलफल आवश्यक छ । संस्थागत विद्यालयका समस्या सम्बाेधन गर्ने गरी शैक्षिक याेजना बनाउन सरकार प्रतिबद्ध छ । यस्तै छलफल र संवादमार्फत संस्थागत विद्यालयका समस्या समाधानतर्फ लाग्न सरकारका लागि सहज हुने छ । ´ मन्त्री तिमिल्सिनाले भन्नुभयो ` सामुदायिक विद्यालयका समस्या तथा शिक्षक कर्मचारीका समस्या सम्बाेधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे छ । शैक्षिक सुधारका लागि केही प्रणाली परिवर्तन गर्न आवश्यक भने छ । शिक्षकले आफूमा पनि केही परिवर्तन गर्नुपर्छ ।´ 

    शिक्षक आन्दोलनकाे प्रसङ्गमा बाेल्दै मन्त्री तिमिल्सिनाले शिक्षकका मागप्रति सकारात्मक भएकाे तर आन्दोलनबाटै सबै समाधान नहुने बताउनुभयाे। सकारात्मक माग रचनात्मक शैलीबाट प्राप्त गर्ने परिपाटी बसाल्ने मानसिकताकाे विकास गर्नुपर्नेमा जाेड दिनुभयाे।

    कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री तिमिल्सिनाले शिक्षामा सुधार भए मात्र समाज शुद्ध बनाउन सकिने बताउनु भएको हा् । ` एउटा बालकले घरमा सबै कुरा सिक्न सक्दैन बाँकी कुरा सिक्न उसका लागि विद्यालय आवश्यक पर्दछ । बालबालिकाका लागि जीवन सिकाउने विद्यालय अबकाे आवश्यकता हाे । राज्यले विद्यालयजस्ता विद्यालय बनाउन जाेड दिनुपर्छ । यस विषयमा लुम्बिनी प्रदेश सरकारले प्रतिबद्धता गर्दछ ।´ मन्त्री तिमिल्सिनाले थप्नुभयाे, ` हरेक कुराकाे समाधान आन्दाेलन बन्ने मानसिकताबाट हामी मुक्त हुन जरूरी छ । परिवर्तन आन्दोलनले भन्दा कामले गर्दछ भन्ने मानसिकताकाे विकास गर्नुका साथै काममा जाेड दिन आवश्यक छ । भीडबाट परिवर्तन सम्भव छैन ।´ 

    देशमा व्याप्त समस्या समाधानका लागि पटकपटक देशकाे व्यवस्था परिवर्तन भएकाे मन्त्री तिमिल्सिनाले बताउनुभयाे। `नागरिककाे अवस्था परिवर्तनका लागि मुलुकमा पछिल्लो राजनीतिक व्यवस्था परिवर्तन हाे । याे व्यवस्थाले नागरिकको अवस्था परिवर्तन गर्नुपर्छ भन्ने मलाई थाहा छ । म कसैकाे शिर झुक्न नदिने गरी काम गर्नुपर्छ भन्ने मान्यता राख्दछु । म संस्थागत विद्यालयकाे शिर झुक्न दिँदैन यसमा विश्वस्त रहनुहाेस् ।´ 

    आज दाङकाे लमहीमा प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा शिक्षा समृद्धिका आधार संस्थागत विद्यालय हाम्राे सराेकार विषयक शैक्षिक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकाे थियाे । 

    कार्यक्रम प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

    कार्यक्रममा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्याका विषयमा छलफल गरिएकाे थियाे । लुम्बिनी प्रदेश शैक्षिक हवका रूपमा रहेकाे बताउँदै शैक्षिक नीति, प्रणालीलाई अझ सुदृढ बनाउन प्रदेश सरकारले रणनीति बनाउनुपर्नेमा अध्यक्ष पाण्डेले जाेड दिनुभयो ।
     
     वरिष्ठ उपाध्यक्ष धनराज चपाईंकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो ।


    तेस्रो आँखा