• ट्रेण्डिङ्ग :
विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता


  • 8.6K
    SHARES
    • चैत्र २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 13.2K Views

    विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

    काठमाडौँ, चैत ३० । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले   बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

    images

    अस्पताल आज यहाँ आयोजित १७ औँ वार्षिक साधारणसभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताउनुभयो । “सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले  गरेका कामको सराहना गर्नुभयो ।

    पार्टीका नेता डा।शेखर कोइरालालेसंविधान संशोधनमा विलम्ब  गर्न नहुने बताउनुभयो । “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ”, उहाँले भन्नुभयो । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताउनुभयो ।      

    अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्षहरु डा।केदारनरसिंह केसी, डा।सुदामप्रसाद अधिकारी, अस्पतालका शेयरहोल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बिपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताउनुभयो । रासस 


    तेस्रो आँखा