• ट्रेण्डिङ्ग :
नयाँ वर्षको आगमन संगै नयाँ सरकार उदाउँछ : अध्यक्ष प्रचण्ड

नयाँ वर्षको आगमन संगै नयाँ सरकार उदाउँछ : अध्यक्ष प्रचण्ड


  • 6.4K
    SHARES
    • चैत्र ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.9K Views

    नयाँ वर्षको आगमन संगै नयाँ सरकार उदाउँछ : अध्यक्ष प्रचण्ड

    चितवन, ३१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गर्नुभएको छ ।

    images

    आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताउनु भएको हो ।

    नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

    उहाँले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भन्नुभयो, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

    यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गर्नुभएको थियोे । त्यसबारे थप प्रष्ट्याउन पत्रकारहरुको प्रचण्डलाई भनेका थिए । तर यसबारे थप बोल्न नलगाउन प्रचण्डले पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

    यद्यपि उहाँले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताउनुभयो । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गर्नु भएको छ ।


    यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भन्नुभयो, ‘पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभव सहित भनेको हो मैले । ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’

    सरकारमा जानेबारे माओवादी केन्द्रले ध्यान नदिएको प्रचण्डले दाबी गर्नुभयो। ‘सरकारतिर त्यति ध्यान हाम्रो चाहिँ छैन,’ उहाँले भन्नुभयो ।

    यो पनि पढ्नुहोस
    प्रचण्डको नजरमा कस्तो रह्यो २०८१ साल 


    तेस्रो आँखा