• ट्रेण्डिङ्ग :
माेतिपुर माेटरबाेट: जिल्ला प्रशासनबाट लिखित आदेश जारी

माेतिपुर माेटरबाेट: जिल्ला प्रशासनबाट लिखित आदेश जारी


  • 6.9K
    SHARES
    • बैशाख २, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 10.7K Views

    माेतिपुर माेटरबाेट: जिल्ला प्रशासनबाट लिखित आदेश जारी


    तुलसीपुर, २ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ माेतिपुर स्थित बबई नदिमा अनुमानि बिना सञ्चालन गरेको माेटरबाेट बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले लिखित आदेश जारी गरेको छ । 

    images

    बबई नदिमा अवैधानिक रुपमा अस्थायी बाध बानी पानीको राेकि गैरकानुनी ढंगबाट माेटरबाेट सञ्चालन गरेकाे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । यस अघि पटकपटक माैखिक रुपमा नितिगत शर्तहरु पालना गर्ने निर्देशन दिइरहेकाे हुदाँ पनि अटरी गरेर सञ्चालन गरेको लिखित आदेशमा उल्लेख गरेको छ । 

    उक्त माेटरबाेट हेर्न जाने दर्शकहरु भिड हुने भएकाले झुलुङगे पुल पनि जाेखिममा रहेको प्रमुख अधिकारी लम्सालले बताउनुभयो । साथै स्थानीय कृषक पानी सिचाइमा असर परेको जस्ताे गुनासो आएको पनि लिखित आदेशले जनाएको छ ।IMG_20250415_100942.jpg

    प्रमुख अधिकारी लम्सालले जलयात्रा नियमावली २०६३ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०६३ एवं प्रचलित कानुन बमोजिमका प्राबधानहरु पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन गरेको छ । साथै प्रचलित कानुन बमोजिमकाे कामकारबाही नगर्दासम्म माेटरबाेट बन्द गर्ने निर्देशन गरेको छ ।


    तेस्रो आँखा