• ट्रेण्डिङ्ग :
कर वृद्धिबारे निर्णय अब चीनको हातमा : राष्ट्रपति ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : राष्ट्रपति ट्रम्प


  • 12.1K
    SHARES
    • बैशाख ३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 18.5K Views

    कर वृद्धिबारे निर्णय अब चीनको हातमा : राष्ट्रपति ट्रम्प

    वासिङ्टन, वैशाख  ३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताउनुभएको छ । 

    images

    “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ।

    “चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठुलो छ र कुनै सानो छ,” उहाँले भन्नुभयो ।   

    ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठुलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो ।

    ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो । रासस/एएफपी


    तेस्रो आँखा