• ट्रेण्डिङ्ग :
विभेद अन्त्यका लागी सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्छः अध्यक्ष प्रचण्ड

विभेद अन्त्यका लागी सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्छः अध्यक्ष प्रचण्ड


  • 6.5K
    SHARES
    • बैशाख ३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 9.9K Views

    विभेद अन्त्यका लागी सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्छः अध्यक्ष प्रचण्ड

    नवलपरासी, वैशाख ३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायको मुद्दा स्थापित हुनुपर्ने बताउनुभएको छ। 

    images

    तराई मधेशका समाजमा देखिएका विभेद अन्त्य गर्न सामाजिक न्यायको सिद्धान्त अनुरूप विभेद हटाउनुपर्नेमा जोड दिनुभयो। ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई(मधेश जागरण अभियान’ अन्तरगत बुधबार प्रतापपुरमा आयोजित सभालाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले मधेशमा देखिएका नागरिकताका समस्या, जातीय, भाषिक तथा क्षेत्रीय विभेद अन्त्य गर्न सदन र सडकबाट आवाज उठाउने बताउनुभयो।

    मधेसमा कृषि क्रान्तिको सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा विकास हुन नसकेको उल्लेख गर्दे उहाँले भारतबाट अवैध रुपमा आयात हुने कृषि उपजको नियन्त्रण सरकारले तत्कालै गर्नुपर्नेमा जोड दिनुभयो।

    भारतबाट आउने उखु र केरा रोक्न नसक्दा यस क्षेत्रका किसान मारमा पर्दै आएको बताउँदै दाहालले रासायनिक मलको समयमै व्यवस्थापन र सिँचाइ सुविधा विस्तार गर्न सके उत्पादनमा भारी वृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभयो। 

    अध्यक्ष दाहालले विगतमा माओवादीबाट केही त्रुटि भएको उल्लेख गर्दे त्यसलाई आत्मबोध गर्दे समाजवाद र समानताको युग स्थापना गर्न जनतामा फर्किएको उल्लेख गर्नुभयो।


    तेस्रो आँखा