काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् ।
प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् । सुमनाले केही समय पहिले नै राजीनामा बुझाइसकेको स्रोतले जानकारी दियो ।
श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा पनि विधायकी भूमिकालाई सक्रिय बनाउने भन्दै राजीनामा दिएकी हुन् । आज बस्ने केन्द्रीय समिति बैठकमा उनले राजीनामा पत्र पेस गर्ने तयारी गरेकी छन् ।
पार्टी सभापति रवि लामिछानेसँग असन्तुष्ट रहेकी सुमनाले पदबाटै राजीनामा दिएपछि पार्टीबाट विरोध भएको छ ।
