• ट्रेण्डिङ्ग :
रास्वपाले सातै प्रदेशमा इन्चार्ज तोक्यो

रास्वपाले सातै प्रदेशमा इन्चार्ज तोक्यो


  • 3.1K
    SHARES
    • बैशाख ४, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 4.8K Views

    रास्वपाले सातै प्रदेशमा इन्चार्ज तोक्यो

    काठमाडौँ, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशका इन्चार्ज तोकेको छ । आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले इन्चार्जहरू तोकेको हो ।

    images

    पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको बताउनुभयो ।

    उहाँका अनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार, मधेस प्रदेशको इन्चार्ज मनिष झा, बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी, गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य, कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल रहनु भएको छ।


    तेस्रो आँखा