काठमाडौं, ४ बैशाख । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति करिब ११:३० बजे मायादेवी गाउँपालिका-१ स्थित आफ्नै घरको परिसरमा उनलाई लक्षित गरी गोली हानिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार अध्यक्ष चौधरी राति शौचालयबाट फर्किँदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली चलाएको बताउनु भएको हो । घटनास्थलमा पेस्तोलको गोलीको खोका फेला परेको छ ।
अध्यक्ष चौधरी भने घटनामा कुनै चोटपटक नलागी सकुशल रहेका छन् । ‘उहाँ सुरक्षित हुनुहुन्छ,’ डिएसपी अधिकारीले भन्नुभयो, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
यद्यपि अध्यक्ष चौधरी शुद्धोधन गाउँपालिकाको अध्यक्ष भए पनि उहाँ मायादेवीस्थित आफ्नै घरमा बसोबास गर्दै आउनु भएको छ । प्रहरीले घटनाको प्रकृति, कारण र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
