काठमाडाैं, ५ चैत । अमेरिकी सहयोग एमसीसी परियोजना मुलुक र जनताको हितमा रहेको बताएका छन्। बुटलवमा आयाेजित एक कार्यक्रममा बाेल्दै गृहमन्त्री खाँणले एमससीसीको विरुद्धमा अनावश्यक भ्रम र अफवाह नफैलाउन आग्रह समेत गरे।
मन्त्री खाँणले आगामी निर्वाचन र निर्वाचन पछिसम्म पनि वर्तमान सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताउँदै मुलुकमा राजनैतिक आवश्यक्ता र विशेष परिस्थितिमा बनेको वर्तमान सत्ता गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए। संबिधान र संसद बचाउन गरिएको प्रतिगमन विरोधी आन्दोलनका सहयात्री र मुलुकमा राजनैतिक संकटका बेला कांग्रेसलाई साथ र सहयोग दिएका पार्टीहरुलाई छोडेर हिड्न नहुने तर्क उनको थियो।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री डिल्लीबहादुर चौधरी र बुटवल उपमहानगरपालीका प्रमुख शिवराज सुबेदीलगायतका वक्ताहरुले विकास निर्माणका काममा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सहकार्य आवश्यक रहेको चर्चा गरे ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले करिब १४ करोड रुपैयाँको लागतमा निर्माण भएको सो पक्कि पुल निर्धारित समयमै सम्पन्न भएको जानकारी गराउदै तिनाउ र दानव नदिमा निर्माणधिन अन्य पुलहरु पनि छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
यसअघि सुद्धोधन गापाको भुजौलीमा आयोजित स्वास्थ्य शिविर उद्घाटन गर्दै मन्त्री खाणले स्थानीय निर्वाचनको मिति नजिकिँदै गरेको स्मरण गराउदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र मतदान गर्ने वातावरण बनाउन सरकार प्रयत्नशिल रहेको बताए।
विगतको कम्यूनिष्टको सरकार जनताको भावना र चाहना अनुरुप चल्न नसकेकोले आफै ढलेको बताए ।
कल्पना डुम्रे
