• ट्रेण्डिङ्ग :
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले  ध्यानाकर्षण पत्र बुझायो

राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले  ध्यानाकर्षण पत्र बुझायो


  • 4.2K
    SHARES
    • बैशाख ५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.5K Views

    राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले  ध्यानाकर्षण पत्र बुझायो

    काठमाडौँ, ५ बैशाख । निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार सिंहदरबारमा उनीहरूले कर्मचारीका आधारभूत मागहरूलाई सम्बोधन गर्दै तत्काल सङ्घीय निजामती सेवा ऐन ल्याउन माग गर्दै समिति सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् । 

    images

    ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरूलाई व्यवस्थित गर्नेगरी कानुन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँलेवर्तमान व्यवस्था र संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भूमिका रहेको बताउँदै यसको संरक्षण अझ महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूको हितमा गर्न सकिने काम गर्ने विश्वास समेत दिलाउनुभयो ।  

    निजामती कर्मचारीहरूले राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्नेसहित विभिन्न सेवा सुविधालाई विधेयकमा समावेश गर्नुपर्ने माग राखेका छन् । 


    तेस्रो आँखा