• ट्रेण्डिङ्ग :
गभर्नर बन्ने चर्चामा रहेका भट्टद्वारा राजीनामा

गभर्नर बन्ने चर्चामा रहेका भट्टद्वारा राजीनामा


  • 4.6K
    SHARES
    • बैशाख ५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 7.1K Views

    गभर्नर बन्ने चर्चामा रहेका भट्टद्वारा राजीनामा

    काठमाडौँ, ५ बैशाख । गभर्नर बन्ने चर्चामा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिनुभएको छ।

    images

    उहाँले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट शुक्रवार बिहान राजीनामा दिनुभएको छ।

    उहाँको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

    राष्ट्र बैंकमा १८ औँ गभर्नर नियुक्तिको विषयले सत्ता गठबन्धनमै संकट परेको भन्ने हल्ला चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डा गुणाकर भट्टलाई गभर्नर बनाउन कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावलाई स्विकार गर्नुभएको थियो ।

    यसबारे ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा छलफलसमेत भएको थियो ।


    तेस्रो आँखा