काठमाडौं, ९, मंसिर । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निधिले आफ्नो उम्मेदवारी सभापतिमा रहने घोषणा गर्नुभएको हो ।
कांग्रेसलाई आगामी निर्वाचनमा बहुमतका साथ बिजयी गराउन र पार्टीमा पुस्ता हस्तान्तरण प्रकृयालाई सहज बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।
एउटै तहमा वा एउटै पदमा एकै ब्यक्ति दुई पटक सम्म निर्वाचित हुन वा मनोनित हुन नपाउने ब्यवस्था गरिनु पर्ने बताउँदै निधिले यसो हुन सकेमा मात्रै पुस्ता हस्तान्तरण हुने बताउनुभयो । उहाँकाअनुसार यो व्वस्थालाई शंशोधन गरिनेछ ।
