काठमाडौं, ६ बैशाख । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दल कांग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनु भएको छ ।
शनिबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले दुई दलबीच सत्ता साझेदारीमा कुनै समस्या नभएको र सरकार पनि नढल्ने स्पष्ट पार्नुभएको हो।
सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, ुसाथीहरूले सरकार ढल्छ, ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।ु पछिल्लो समयमा संविधानसँगै संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उहाँले संविधान विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पार्नुभयो।
संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रवृत्तिलाई राजनीतिक रूपमा जवाफ दिनुका साथै सरकार कानुनबमोजिम अघि बढ्ने उहाँले बताउनुभयो ।
