• ट्रेण्डिङ्ग :
संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा शीर्ष नेताको छलफल

संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा शीर्ष नेताको छलफल


  • 4.2K
    SHARES
    • बैशाख ७, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 6.4K Views

    संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा शीर्ष नेताको छलफल

    काठमाडौँ, वैशाख ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताबिच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र  पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।

    प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल छलफलमा सहभागी हुनुहुन्थ्यो। 

    छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिनुभयो।


    तेस्रो आँखा