काठमाडौं, ७ बैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका राप्रपा नेताहरू पक्राउ पर्नुभएकाे छ।
प्रहरीले उहाँहरूलाई सिंहदरबारभित्र बाटै पक्राउ गरेको हो ।
राप्रपा सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट सरकारको विरोध गरेका थिए ।
राप्रपा नेताहरू सिंहदरबारबाट आन्दोलनका लागि बानेश्वरतर्फ जान लागेको बेलामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
