तुलसीपुर, ७ बैशाख । दाङमा अटो आफै अनियन्त्रित भइ दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन । आइतबार दिउँसो सावाँ ३ बजे दंगिशरण-४ लाैवस्ता स्थित रा १ ह ५६७५३ नं. काे अटो आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अटो दंगिशरणकाे रगैचाबाट तुलसीपुर तर्फ आउदै गर्दा दुर्घटना भएको थियोे । घाइते हुनेमा अटो चालक दंगिशरण-६ निवासी ३८ बर्षिय सिताराम चाैधरी, सावर दंगिशरण-७ राधिका बुढाथोकी, निजकाे नातिनिहरु १० बर्सिय कुसुम बुढाथोकी र ६ बर्षिय सपना बुढाथोकी रहेको छन ।
साथै दंगिशरण-६ निवासी ४२ बर्षिय विरेन्द्र न्याैपाने रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका सवार र चालककाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
अटो प्रहरीकाे नियन्त्रणमा रहेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
