• ट्रेण्डिङ्ग :
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै


  • 2.6K
    SHARES
    • बैशाख ८, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    तीन वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ, ८ बैशाख । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । 

    images

    बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । 

    त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 

    यसैगरी मध्यान्ह पौने १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ ।  


    तेस्रो आँखा