• ट्रेण्डिङ्ग :
रुपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता

रुपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता


  • 5.4K
    SHARES
    • बैशाख ८, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.3K Views

    रुपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता

    रुपन्देही, वैशाख ८ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

    images

    सोमबार दिउँसो नदिमा बेपत्ता बालकहरुको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब १२ः३०  बजे बेपत्ता भएको बताइएको छ । 

    घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा परिचालन भएको छ ।


    तेस्रो आँखा