• ट्रेण्डिङ्ग :
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन


  • 3.1K
    SHARES
    • बैशाख ९, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.8K Views

    ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

    काठमाडौँ, वैशाख ९ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ।

    images

    दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिनुभएकाे थियो। सो अवसरमा आयोजना अन्तर्गतको 'युनिट–२'को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षरोपण पनि गरेका थिए ।

    उर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएकाे थियोे । “सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन, समयमै सम्पन्न गर्न लाग्नुहोस्,” उहाँले ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयाे।

    भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुबै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयाे। “अरुण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,” उहाँले भन्नुभयो ।

    अरुण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ। आयोजनाको शिलान्यास वि.सं. २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुभएको थियोे । रु एक खर्ब चार अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाईड्रोपावरले निर्माण गरिरहेको हो। निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

    मन्त्री खट्टर भ्रमणका क्रममा आज साँझ काठमाडौँमा लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता कार्यक्रममा समेत सहभागी हुनुनेछ । नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने यी प्रसारण संरचनाले दुवै देशको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    भोली बुधवार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्य याेजना रहेको छ। भ्रमण पश्चात उहाँ बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।

    यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको स्वागत ऊर्जा सचिव सुरेश आचार्यले गर्नुभएको थियो । त्यसलगत्तै ऊर्जामन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गर्दै संखुवासभा प्रस्थान गर्नुभएको छ ।


    तेस्रो आँखा