• ट्रेण्डिङ्ग :
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै


  • 4.5K
    SHARES
    • बैशाख १०, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.9K Views

    आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ, १० बैशाख । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । 

    images

    त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

    दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

    त्यस्तै दिउँसो १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा नेपाल सरकारले प्रश्तुत गर्ने आर्थिक वर्ष २०८२र०८३  को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा र समसामयिक विषयमा छलफल हुनेछ । 


    तेस्रो आँखा