• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दुःख व्यक्त

परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दुःख व्यक्त


  • 2.6K
    SHARES
    • बैशाख १०, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.0K Views

    परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दुःख व्यक्त

    काठमाडौँ, वैशाख १० । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री डा। राणाले सो क्रुर हमलाबाट आफू अत्यन्त दुःखी र मर्माहत भएको बताउनुभएको छ ।
    मन्त्री डा। राणाले सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गर्दै यो कठिन समयमा पीडित र उनीहरुका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    images

    उहाँले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनतासँग नेपाल दृढ एकताका साथ उभिएको पनि बताउनुभयो ।

    यस दर्दनाक घटनामा नेपाली समेत परेको भन्ने बारेमा समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त भएपछि जानकारी गराइने पनि मन्त्री डा राणाले बताउनुभएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।


    तेस्रो आँखा