• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री र फुटबल खेलाडी कार्लोसबिच भेटघाट

प्रधानमन्त्री र फुटबल खेलाडी कार्लोसबिच भेटघाट


  • 3.0K
    SHARES
    • बैशाख १०, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    प्रधानमन्त्री र फुटबल खेलाडी कार्लोसबिच भेटघाट

    काठमाडाैँ, वैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबिच भेटघाट भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गर्नुभएको हो । 

    images

    नेपाल सुपर लिग हेर्न मङ्गलबार नेपाल आउनुभएका ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबिचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ । 

    ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहेपनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन। ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्त्वपूर्ण खेलाडी हुनुहुन्थ्यो । 


    तेस्रो आँखा