• ट्रेण्डिङ्ग :
सुदिपको शव बुटवल ल्याइयो

सुदिपको शव बुटवल ल्याइयो


  • 4.1K
    SHARES
    • बैशाख ११, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.3K Views

    सुदिपको शव बुटवल ल्याइयो

    बुटवल, वैशाख ११ । भारतको जम्मु कश्मीरमा आतङ्कवादी हमलामा परी मृत्यु भएका सुदिप न्यौपानेको शव बिहीबार बिहान बुटवल ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नंं। ११ मा बसोबास गर्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको आजै दाहसंस्कार गर्ने परिवारजनले जनाएका छन् । 

    images

    सुदिप सहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु काश्मीर घुम्न घरबाट भारततर्फ प्रस्थान गरेका थिए । बुटवल उपमहानगरपालिका वडा नं। १४ का वडा अध्यक्ष तथा सुदिपका माइलो बुवा दधिराम न्यौपानेका अनुसार नयाँ दिल्लीबाट लखनउसम्म जहाजमा र त्यहाँबाट एम्बुलेन्समा सुदिपको शब बुटवलसम्म ल्याइएको हो । 

    उहाँले सुदिपको आजै दाहसंस्कार गर्ने तयारी भइरहेको बताउनुभयो । 

    जम्मू–कश्मीरस्थित पहलगाममा मङ्गलवार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका थिए । 


    तेस्रो आँखा