• ट्रेण्डिङ्ग :
काश्मीर घटनाबारे मोदी– ‘तिनीहरूको कल्पनाभन्दा ठुलो सजाय दिन्छु’

काश्मीर घटनाबारे मोदी– ‘तिनीहरूको कल्पनाभन्दा ठुलो सजाय दिन्छु’


  • 4.3K
    SHARES
    • बैशाख ११, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.5K Views

    काश्मीर घटनाबारे मोदी– ‘तिनीहरूको कल्पनाभन्दा ठुलो सजाय दिन्छु’

    एजेन्सी, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।

    images

    हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उहाँले भन्नुभयो “म सारा विश्वलाई भन्छु, भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुना सम्म खोज्नेछौँ ।”

    पर्यटकीय स्थल पहलगाममा भएको गोलीकाण्ड सन् २००० यता विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो । मारिएका पुरुषहरूमध्ये २६ जना भारतीय र एक जना नेपाली थिए ।

    भारतले बुधबार इस्लामाबादलाई ‘सीमापारि आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृङ्खलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाएको थियो ।

    पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ । बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले मारिएकाहरूको सम्झनामा पहिले दुई मिनेट मौन धारण गर्नुभयो ।

    “म यो स्पष्ट रूपमा भन्छु,  जसले यो आक्रमण गरेको छ र जसले यसको योजना बनाएको छ, तिनीहरूको कल्पनाभन्दा बाहिर तिनीहरूलाई भुक्तान गरिनेछ”, उहाँले ठूलो भिडको अगाडि हिन्दीमा बोल्दै भन्नुभयो “तिनीहरूले निश्चय नै भुक्तान गर्नेछन् । यी आतङ्कवादीहरूसँग जति थोरै भूमि छ, त्यसलाई धूलोमा मिलाउने समय आएको छ । एक अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले यी आतङ्कवादीहरूको मेरुदण्ड तोड्नेछ ।”

    उहाँले अङ्ग्रेजीमा दुर्लभ टिप्पणीहरू दिएर आफ्नो भाषण समाप्त गरे र तिनीहरूलाई विदेशमा दर्शकहरूसम्म पु¥याउनुभयो । “आतङ्कवाद दण्डित हुने नै छ”, 
    प्रधानमन्त्री मोदीले भन्नुभयो, “न्याय सुनिश्चित गर्न हरेक प्रयास गरिनेछ ।”

    सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्छन् ।

    विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् ।

    भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।


    तेस्रो आँखा