निर्वाचनको मुखमा सामाजिक सदभाव भड्काउने शीर्ष ‘वाक युद्ध’

निर्वाचनको मुखमा सामाजिक सदभाव भड्काउने शीर्ष ‘वाक युद्ध’


  • 9.5K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    निर्वाचनको मुखमा सामाजिक सदभाव भड्काउने शीर्ष ‘वाक युद्ध’

    काठमाडाैं, ६ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरुले चुनावी अभियान तीव्र बनाउँदै केन्द्रीयस्तरका सबै दलका नेताहरु गाउँ केन्द्रित भएका छन। दलहरुले विभिन्न नारा दिएर चुनावी अभियानमा होमिएसँगै शीर्ष नेताहरुको देशव्यापी कार्यक्रममा दौडधुप गरिरहेका छन्। निर्वाचन आयोगले आचार संहिता नै बनाइ सकेको छ।  निर्वाचनकालागी आयोग र नेपाल सरकार निकै अघि बढीसकेको सम्बद्द श्रोतको दाबी छ। 

    images

    आचारसंहिता चैत्र दोस्रो हप्तादेखि लागु हने आयोगले जनाएको छ। आयोगले बनाएको आचार संहितालाई मध्यनजर गर्दै शीर्ष नेताहरु चैत्र १५ भित्रै धेरै जिल्ला भ्रमण सक्ने तयारी लागेको देखिन्छ। अभियानका क्रममा उनिहरुले पार्टीको एजेण्डा र गरेका सकारात्मक कामका कुरा भन्दापनी प्रतिष्पर्धी दलहरुलाई खुइल्याउने टिप्पणी गर्दै हिडेका छन्। कार्यकर्ता र जनतालाई प्रभावित पार्न नेताहरुले एकअर्कामाथि आरोपप्रत्यारोप गरिरहेका हुन्। जुन कुरा निर्वाचन आचार संहिताले दिदैन्। आरोपप्रत्यारोपमा विशेषगरी कम्युनिस्ट नेताहरु सामान्य मर्यादा समेत नराखी तल्लो स्तरमै उत्रिएका छन्। 

    दैनिकजसो नेताहरुले जिल्ला जिल्लामा पुगेर एकले अर्कोलाई घोचपेच तथा उग्र र उत्तेजित अभिव्यक्ति दिइरहेका छन्। उनिहरुको ‘वाक युद्ध’ नै चलेको छ। जनतामा पुगेर समान्य राजनीति संस्कार नराखि कार्यकर्तालाई तहमै तीव्र विभाजित बनाउ नेगरी आपसी पोल खोला खोल गरिरहेका भाषण अहिले सञ्चार माध्यामदेखि सामाजिक सञ्जालमा समेत निरन्तर प्रवाह भैरहेको छ। शीर्ष नेतहरुको यस्तो ‘वाक युद्ध’ले  सामाजिक सद्भाव भड्काउने खतरा बढाएका छन्।  

    उसैत नेपाली नेताहरुको राजनीतिक संस्कार नै प्रतिष्पर्धिहरुको विरोधगर्ने हो, चाहे उनीहरुले रोम्रो गरुन वा नराम्रो।  त्यसमाथि पार्टी विभाजको चोट गहिरो छदैछ। यसकारणले कम्युनिष्ठ नेताहरु एकले अर्कालाई देख्नै सकिरहेका छैनन्। जहाँ भेट्यो बोलीको वाण प्रहार गरिहाल्छन्। विगत केहीदिनयता विशेषगरी एमाले अध्यक्ष केपी ओली एकीकृत  समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादीका अध्यक्ष प्रचण्डमाथि बढी खनिएका छन्। उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि तल्लोस्तरमा झरेर गाली गरेका छन्।

    आक्रमक बन्दै ओली प्रवृत्ति

    उनले सत्ता गठबन्धनलाई स्यालहरुको मोर्चाको संज्ञा दिए। एमालेलाई हात्तीको भएकालेसबै स्यालले सिकार गर्न नसक्ने उनको उट्पट्याङ तर्क गरेका छन्।  माओवादी पार्टीलाई उनले एमालेले भरिदिएको भाँडो भएकाले अहिले रित्तिसकेको बताए। त्यस्तै एमालेबाट छुट्टिएर गएको पार्टी समाप्त भइसकेको र आफूहरुबाटै लगेको ४८ सिटको धाक लगाइरहेको भन्दै ओलीले भने, ‘हामीले भरिदिएको भाँडो त सिद्धिसक्यो त प्रचण्डजी! खुरुखुरु एमालेमा प्रवेश गरेको लश्कर देख्नुभएको छ कि छैन? ओलीले माधव नेपाललाई त झन तल्ला स्तरमा झरेर गाली गर्ने गरेका छन्। माधव नेपाललाइ इंगित गर्दै उनले भनेका छन्, ‘गठबन्धनमा एउटा अवसरबादीहरुको झुण्ड छ, उसले आफूलाई पार्टी ठान्छ।

    त्यो पार्टी बन्दैबन्दैन। त्यो ध्वस्त हुन्छ। हामीले टाँसिदिएको जुँगामा ताउ लाएर बसेको छ, कम्युनिष्ट आन्दोलनलाई सखाप बनाउने र कम्युनिष्ट सरकारले काम गर्न थालेपछि त्यसलाई विपक्षी सँग मिलेर ढाल्न लाग्ने माधवनेपालको सानो टुकुडी त्यसै विलाएर जान्छ, चुनावपछि यो लोकमै देखिदैन।’ ओलीले कांग्रेसलाई अबको निर्वाचनमा १३ सिटमा झार्ने बताउँदै वृद्धभत्ता लिन लागेकाहरुले कांग्रेसलाई भोट नहाल्ने तर्क गरे। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई वृद्धभत्ताको व्यवस्थाका लागि लुकेर भएपनि एमालेको सूर्य चिन्हमा भोट हाल्न भन्दै व्यंग्यात्मक आलोचना गरेका थिए। उनको योखालको आलोचना र टिप्पणी लाई नागरिकले हासोमा उडाएका छन्। शनिवार मात्रै नेपाल–दाहाल प्रतिलक्षित ओलीको उट्पट्याङयुक्त भाषणको प्रतिउत्तरमा नेपाल र दाहालले राम्रै प्रतिकृया जनाएका छन्।

    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका माधव नेपाललाइ वाक वाण प्रहार गरेको केही समयमै अर्को कार्यक्रमबाट नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु  ओलीमाथि आइलागे। ओलीलाई कसैले महाभारतको दुर्योधन भने त कसैले रामायणको रावण पात्रसँग तुलना गरे। ओली प्रति आक्रमक हुँदे माधव नेपाल, प्रचण्डदेखि प्रेम आले समेतले उनको आलोचना गरे।  

    के भने प्रचण्डले ? 

    सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारमात्रै ओलीमाथि प्रतिगामी, गणतन्त्रविरोधी, प्रतिक्रियावादीको संग्या दिए।  पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीलाई लक्षित गर्दै भने, ‘देशको ठूलो दल भन्नेहरु देशमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै भन्थे। अहिले पनि उनीहरु गणतन्त्रको विरोधमा छन्। उनीहरु जतिबेला पनि गणतन्त्र उल्टाएर धार्मिक अतिवादमा रहेका विदेशीसामु देश सुम्पन चाहन्छन्।’ गणतन्त्र विरोधीहरुले देशलाई प्रतिगमनतर्फ लैजाने खतरा भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि सबै एक जुट भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरेका थिए। एउटै संसद दुइपटक विघटन गरेर संविधानमाथी हमला गर्ने ओली देश द्रोही भएको बताए। उनले गणतन्त्रविरोधी, प्रतिक्रियावादीहरुलाई तह लगाउन स्थानीय तहको निर्वाचनमा सबै नेता कार्यकर्तालाई जनतासँग जानु पर्ने बताए।   

    माधव नेपाल भन्छन, केपीओली ‘रावण’ हो  

    ६ महिना अधि एमालेबाट निस्कीएर नेकपा एकीकृत समाजवादी गठन गरेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीलाई रावणको संज्ञा दिए। आफूले जन्माएको पार्टी नेकपा एमाले भत्काएको भन्दै नेपालले ओलीले अहिले भत्काउने काम मात्र जानेको आरोप लगाए। ‘सन्तति रावण भइदियो भनेर त्यसको दोष बाबु–आमालाई दिनु भएन। आफैँले जन्माएको सन्तान रावण भैदियो,’ उनले भने। गाली गलौजबाहेक ओलीले केही नगर्ने आरोप लगाउँदै नेपालले एउटा नेताको मुखबाट निस्कन नहुने शब्द ओलीको मुखबाट पटक–पटक निस्कने बताए ।

    ‘एमाले अब एमाले रहेन, बी माले, सी माले भयो,’ उनले भने, ‘पटक–पटक भनेको छु, सूर्यमा ग्रहण लागिसक्यो । काम नगर्ने, गफमात्रै गर्ने, हुल्लडबाजी गर्नेहरुको झुण्ड त्यहाँ छन्। एमाले भत्काउने काममात्र जानेको विध्वंसकारी पार्टी भयो।’ नेपालले ओलीकै कारण संविधानमाथि प्रहार भएको, ओली एक्लैले पार्टीलाई अप्ठेरो अवस्थामा पु¥याएको र कम्युनिस्ट आन्दोलनलाई धराशयी बनाएको आरोप लगाउने गरेका छन्। नेपालले ओलीलाई गणतन्त्र विरोधी, संविधानमाथि प्रहार गर्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति नै राज्यशक्तिका रूपमा उदाउन खोजेको आरोप लगाउने गरेका छन् । 

    झलनाथको नजरमा ओली ‘अपराधी’ 

    एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओलीलाई ‘अपराधी’को भएको बताए। संविधानविरोधी काम गरेर अपराध गरेकाले ओलीलाई सजाय दिनुपर्ने उनको जनतासँग अपिल छ। ‘ओलीले संविधान विपरित संसद विघटन गररे दक्षिणपन्थी अवसरवाद को विउ रोप्न खोजेकोले उनि अपराधि नै हुन्’, खनालले भने, ‘सामान्य ऐन उल्लंघन गरे सर्वसाधारणलाई सजाय हुन्छ। कैयौं वर्ष जेल जान्छ। तर संविधान नै उल्लंघन गर्ने मान्छेलाई खोई सजायँ?,’ उनले प्रश्न गरे। नेता खनालले अब सजाय दिने बेला आएको बताए। ‘अब आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो सजाय पाउनुपर्छ। उनको बाकसमा जीरो मत पाउनुपर्छ। तब मात्रै नेपाली जनताले सही ढंगले संविधानको रक्षा गर्न सक्छन् । 

    ओली ‘दुर्योधन’ हुन प्रेम आले

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले ओलीलाई महाभारतको दुर्योधनसँग तुलना गरेकाछन्। ‘महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओलीलाई दाज्यो भने अहंकारमा कुनै कमी छैन। कुनै फरक छैन। जनताले ३० गते यसको जवाफ दिनेवाला छन्,’ उनले भने। आलेले ओलीकै घमण्डका कारण नेकपा एकीकृत समाजवादीको जन्म भएको जिकिर गरे। ‘एमाले र माओवादी मिलेर नेकपा बनेको थियो। आज कसै व्यक्तिको अहंकारले संघको सरकार पनि गयो।

    प्रदेश सरकार पनि गयो,’ उनले भने, ‘अझै त्यो व्यक्तिले आउँदो वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत गाउँपालिका नगरपालिका महानगरपालिका जित्छु भन्ने घमण्ड गरेको छ। त्यो घमण्डमा जनताले जवाफ दिनेछन्।’  देश चलाउने दलका शीर्ष नेताहरुको यस्तो उत्तेजनायुक्त भाषण्ले कार्यकर्तामा केही समय वाउ वाही त पाइएला तर राजनीतिक संस्कार क्षीण हुँदै जाने र सामाजमा मिलेर बसेकाहरुबीच आपसी द्धयस उत्पन्न भई र सामाजिक सद्भाव नै भड्कन सक्ने परिस्थिती सृजना हुन्छ। यस तर्फ शीर्ष नेताहरुनै किन जिम्मेवार नभएका होलान ? 

     

  • सम्बन्धित विषय:

  • # राजनीतिकदल

  • जीवन शर्मा
    लेखकबाट थप