• ट्रेण्डिङ्ग :
सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 4.0K
    SHARES
    • बैशाख १४, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 6.1K Views

    सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौँ, १४ बैशाख । प्रतिनिधिसभा सदस्य माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । 

    images

    नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ ।

    उनीबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताउनुभयो ।


    तेस्रो आँखा