• ट्रेण्डिङ्ग :
आजको माैसम: भाेलिसम्म बर्षाकाे सम्भावना

आजको माैसम: भाेलिसम्म बर्षाकाे सम्भावना


  • 6.9K
    SHARES
    • बैशाख १५, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 10.6K Views

    आजको माैसम: भाेलिसम्म बर्षाकाे सम्भावना

    काठमाडौँ, वैशाख १५  । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । 

    images

    जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्‍याएको छ । 

    वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मीको अवस्था कायम रहेकाले सतर्कता अपनाउन भनिएको छ । कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा अन्यत्रभन्दा राम्रो वर्षा हुने र गड्याङगुडुङसहित चट्याङ पर्ने सम्भावना भएकाले सचेत रहन विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

    सोमबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार पनि यी तीन प्रदेशसहित लुम्बिनी प्रदेशमा हल्का वर्षा हुने छ । उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो । बुधबारदेखि भने अधिकांश भूभागमा हल्का सुधार देखिए पनि केही भेगमा बदली र हल्का वर्षा कायम रहने जनाइएको छ ।   


    तेस्रो आँखा