• ट्रेण्डिङ्ग :
कश्मीर आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

कश्मीर आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी


  • 5.4K
    SHARES
    • बैशाख १५, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.3K Views

    कश्मीर आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

    सुनसरी, वैशाख १५ । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । 

    images

    खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो । 

    सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो ।


    तेस्रो आँखा