• ट्रेण्डिङ्ग :
पर्यटनमन्त्री आले र सलमान खानबीच भर्चुअल संवाद हुने 

पर्यटनमन्त्री आले र सलमान खानबीच भर्चुअल संवाद हुने 


  • 16.7K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 25.6K Views

    पर्यटनमन्त्री आले र सलमान खानबीच भर्चुअल संवाद हुने 

    काठमाडौं, ६ चैत। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद हुदैँछ । 

    images

    ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै आले र खानबीच भर्चुअल संवाद हुन लागेकाे जानकारी दिएकाे हाे। आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे उनीहरुबीच छलफल हुन लागेको हो।

    उक्त भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुने बताइएकाे छ। सो अवसरमा सलमानले नेपाली सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ पनि दिनेछन्। ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो।


    तेस्रो आँखा