• ट्रेण्डिङ्ग :
ठम्मर विष्ट माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरे

ठम्मर विष्ट माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरे


  • 8.6K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    ठम्मर विष्ट माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरे

    काठमाडौं, ६ चैत । सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित ठम्मर विष्ट आइतवार नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । आज सुर्खेतमा आयोजित एक कार्यक्रममा विष्टले एमालेमा प्रवेश गरेका हुन्।

    images

    सांसद विष्टलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गरेका हुन्। 

    सुर्खेत निर्वाचन क्षेत्र १ ९क० बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, संसदीय दल र पार्टीबाट राजीनामा दिएका थिए। सांसद पदबाट दिईएको राजीनामा पत्रमा उनले शनिवार मात्र हस्ताक्षर गरेर बुझाएका थिए।

    विष्टले राजिनामा दिएपछि फिर्ता नेकपा माओवादी केन्द्रले आग्रह गरेको थियो। अटेर गरेपछि माओवादी केन्द्र प्रदेश सभा दलले उनलाई निलमबन गरिएको विज्ञप्तीमार्फत जानाकरी दिएको छ ।

    यसअघि संसदीय दलले उनलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको थियो। राजीनामा फिर्ता नदिएपछि संसद विष्टलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको छ। विष्ट माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक समेत थिए।


    तेस्रो आँखा