• ट्रेण्डिङ्ग :
पशुपति क्षेत्र विकासकोषको ऐन समय सापेक्ष परिमार्जन गर्छाैंः मन्त्री पाण्डे

पशुपति क्षेत्र विकासकोषको ऐन समय सापेक्ष परिमार्जन गर्छाैंः मन्त्री पाण्डे


  • 3.0K
    SHARES
    • बैशाख १७, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.5K Views

    पशुपति क्षेत्र विकासकोषको ऐन समय सापेक्ष परिमार्जन गर्छाैंः मन्त्री पाण्डे

    काठमाडौँ, वैशाख १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गर्नुभएको छ । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताउनुभयो । उहाँले अब चाडैँ नै उक्त मस्यौदालाई चाडैँ नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    images

    पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको बताउँदै उहाँले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएको बताउनुभयो । मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रुपमा रहेको पशुपति नाथलाई थप व्यवस्थि गर्दै अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्याउनुभयो । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरु ओझेलमा परेको प्रति चिन्ता जाहेर गर्नुभयो । 

    पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरुको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरुको आवश्यकता औंल्याउनुभयो । त्यसैगरी उहाँले विश्व सम्पादा सूचीमा सुचिकृत लुम्बीनी विकाष कोष र पशुपति विकास कोषबिच एक आपसमा सहकार्यसहित अघि बढ्न सुझाउनुभयो ।


    तेस्रो आँखा