काठमाडौँ, वैशाख १९ । आर्थिक वर्ष २०८२–०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।
शुक्रवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद् भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो ।
