• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक र ऊर्जा राज्यमन्त्रीको शपथग्रहण स्थगित

मन्त्रिपरिषद् बैठक र ऊर्जा राज्यमन्त्रीको शपथग्रहण स्थगित


  • 3.7K
    SHARES
    • बैशाख १९, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.7K Views

    मन्त्रिपरिषद् बैठक र ऊर्जा राज्यमन्त्रीको शपथग्रहण स्थगित

    काठमाडौं, १६ बैशाख । सरकारले ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका नेपाली कांग्रेसका खमबहादुर गर्बुजाको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार, आज बिहान १० बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि रोकिएको हो ।

    images

    शपथग्रहण कार्यक्रमसँगै आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित गरिएको सिलवालले जानकारी दिएका छन् । यद्यपि, कार्यक्रम स्थगनको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

    सरकारले बिहीबार गर्बुजालाई ऊर्जा मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेको थियो । शपथग्रहण र मन्त्रिपरिषद् बैठक दुबै कार्यक्रम स्थगन हुनुलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।


    तेस्रो आँखा