• ट्रेण्डिङ्ग :
चट्याङ लागेर श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

चट्याङ लागेर श्रीमतीकाे मृत्यु, श्रीमान घाइते


  • 2.5K
    SHARES
    • बैशाख २१, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 3.8K Views

    चट्याङ लागेर श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

    धनगढी, वैशाख २१ । चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

    images

    बारीमा तरबुज टिप्न गएको बेला चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो । मृतककी श्रीमान २५ वर्षीय रतनसिंह राना भने घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ पठाइएको वडा अध्यक्षले बताउनुभयो । 

    उहाँका अनुसार बारीमा श्रीमान श्रीमती दुवै जना तरबुज टिप्न जानुभएको थियो । त्यहि बेला हावाहुरीसहित पानी र चट्याङ परेको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको वडा अध्यक्ष रानाले जानकारी दिनुभएको छ ।


    तेस्रो आँखा