• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

प्रधानमन्त्री ओलीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ


  • 1.6K
    SHARES
    • बैशाख २१, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 2.5K Views

    प्रधानमन्त्री ओलीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

    काठमाडौँ, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

    कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । 

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

     


    तेस्रो आँखा