• ट्रेण्डिङ्ग :
९५ लाख नगदसहित चार जना पक्राउ

९५ लाख नगदसहित चार जना पक्राउ


  • 2.4K
    SHARES
    • बैशाख २२, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    ९५ लाख नगदसहित चार जना पक्राउ

    काठमाडौँ, वैशाख २२ । पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ४ बजे काठमाडौँ महानगरपालिका ९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा खानतलासी गर्दा उनीहरूबाट स्राेत नखुलेको नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    images

    पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई , लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही गाउँका वर्ष ३९ को सन्तोष घिमिरे छन् । 

    उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ । 


    तेस्रो आँखा