• ट्रेण्डिङ्ग :
‘तीनकुने घटनामा मानव अधिकार उल्लङ्घन भएको पुष्टि भइसक्यो’

‘तीनकुने घटनामा मानव अधिकार उल्लङ्घन भएको पुष्टि भइसक्यो’


  • 4.3K
    SHARES
    • बैशाख २२, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 6.6K Views

    ‘तीनकुने घटनामा मानव अधिकार उल्लङ्घन भएको पुष्टि भइसक्यो’

    काठमाडौँ, वैशाख २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने घटनामा मानव अधिकारको उल्लङ्घन भएको पुष्टि भइसकेको भन्दै न्यायिक छानबिन समिति गठनको माग गर्नुभएको छ ।

    images

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद शाहीले ४० दिनदेखि रविन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको उल्लेख गर्नुहुँदै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाउनुभयो । उहाँले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सविन महर्जनको गोली हानेर मारिँदा समेत मौन बसेको भन्दै आपत्ति जनाउनुभयो । 

    ‘‘सरकारले राज्य आतङ्क अत्याधिक ज्यादा गरेको छ । ४० दिनदेखि रविन्द्र मिश्र लगायतका साथीहरु आजपनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी संघ संगठनहरुले राज्यले मानव अधिकारको गम्भीर र ठाडो उल्लङ्घन गरेको भनेर पुष्टि समेत गरिसकेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘तर राज्य थुनिराखेको छ । राज्यलाई म सोध्न चाहन्छु, पोखरामा बेलुन पड्किँदासम्म तिमीहरु न्यायिक छानविन समिति बनाउनेले दिनदहाडै सविन महर्जनलाई टाउकोमा गोली हानेर हत्या गर्नेलाई किन न्यायिक छानविन समिति बनाउँदैन रु न्यायिक छानविन समिति आवश्यक छ ।’’

    उहाँले थुनामा रहेका राप्रपा नेताहरुलाई तत्काल छोड्न समेत सरकारको ध्यानाकर्षण गर्नुभयो ।


    तेस्रो आँखा