• ट्रेण्डिङ्ग :
रवि लामेछानेको रिटमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश

रवि लामेछानेको रिटमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश


  • 5.7K
    SHARES
    • बैशाख २२, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.8K Views

    रवि लामेछानेको रिटमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश

    काठमाडौँ, वैशाख २२ । उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ । 

    images

    सोमबार उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले रास्वपाका सभापति लामिछानेले धरौटी बदर मगसहित दायर गर्नुभएको निवेदनमा सो आदेश गरेको हो ।

    न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गर्नुभएको छ ।

    २०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी माग गरेको थियो । सो आदेश बदरको माग गर्दै लामिछानेले उच्चमा निवेदन दिनुभएको थियो ।


    तेस्रो आँखा